ताजा समाचार

सुनको मूल्यमा इतिहासकै रेकर्ड, प्रतितोला ९५ हजार ८ सय

काठमाडाैँ । शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ ।

एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ । बिहीबार ९५ हजार ६५ मा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको भाउ १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org