ताजा समाचार

फेसबुक ह्याक गरी ठगी गर्ने एक जना पक्राउ

काठमाडाैँ । फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरी दुहबीबाट २३ वर्षीय सविर आलमलाई आइतबार पक्राउ गरेको हो।

उनले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै ठगी गर्ने गरेका थिए।

‘उसले अरूको फेसबुक ह्याक गर्ने अनि ती आइडीबाट आफन्तहरूलाई आफू समस्यामा परेको भन्दै खातामा पैंसा जम्मा गर्न लगाइ विभिन्न व्यक्तिहरूलाई ठगेको देखिन्छ,’महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने।

प्रहरीले १० दिन अघि ५० लाख र २५ लाख ठगी भएको भन्ने उजुरी आएपछि उनको खोजतलास सुरू गरेको हो।

उनी विरूद्ध अन्य ठगीका मुद्दामा पनि उजुरी परेको एसएसपी थापाले बताए।

‘अनलाइन ठगीमा हामीले यसअघि ९ जनालाई पक्राउ गरेका थियौं। चिठ्ठा पर्‍यो भन्दै ठगी गर्नेलाई त्यसमा पनि यसको संलग्नता देखिन्छ,’ उनले भने,’बैंकिङ कारोबार अत्याधिक भएको देखिन्छ। धेरैजसो ठगीमा संलग्नता देखिएको छ।’

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org