ताजा समाचार

राखेपका नवनियुक्त सदस्यसचिव सिलवालको सपथ ग्रहण आज

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालको आज दिउँसो ३ बजे सपथ ग्रहण हुने भएको छ।

उनीसँगै नवनियुक्त उपाध्यक्ष शिव कोइरालाले पनि सपथ लिने राखेपका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उनीहरुलाई सिंहदरबारस्थित मन्त्रालयलमा सपथ गराउने कार्यक्रम तह भएको छ।

कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो। उपाध्यक्ष र सदस्य सचिवले सपथ पछि आजै राखेपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org