ताजा समाचार

लिलादेवीले लिइन सांसद पदको सपथ

काठमाडौं । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छिन् ।

उनलाई बुधबार सभामुख अग्नी प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।  असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट बर्खास्त गरेपछि सो पद रिक्त थियो ।

गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org