ताजा समाचार

प्रचण्डसँगको छलफललगत्तै बालकोट पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् ।

बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् ।

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए ।

‘उहाँ आफ्नो घर नगएको धेरै समय भएको थियो त्यही भएर जानुभएको हो’, थापाले रातोपाटीसँग भने, ‘आफ्नो घरमा जान पनि कारण चाहिन्छ र ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org