ताजा समाचार

सुदूरपश्चिमका ८ जिल्ला कोरोनाको उच्च जोखिममा, संक्रमितको संख्या ४६ सय ५८ पुग्यो

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय ५८ पुगेको छ ।

हिजो (सोमबार) ६६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ६ सय ५८ पुगेको हो । संक्रमितको अवस्था हेर्दा दार्चुलाबाहेक अन्य जिल्ला हालसम्म उच्च जोखिममा देखिएका छन् । दार्चुलामा हालसम्म ३८ जना संक्रमित छन् ।

हालसम्म ३२ सय ७६ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १२ सय ७२ जना छन् ।

यस्तै अछाममा ६९९, बैतडीमा ३१९, बझाङमा २६९, बाजुरामा ४४९, डडेल्धुरामा ३०१, डोटीमा ७३० र कञ्‍चनपुरमा ५८१ जनामा संक्रमण देखिएको छ । प्रदेशभर दुई हजार ९६ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org