ताजा समाचार

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ ।

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org