ताजा समाचार

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको  उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो।  उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। त्यस्तै, वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो।

यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो। अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org