ताजा समाचार

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडाैँ । विराटनगरमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएको हो ।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:४० बजे कोसी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कोसी अस्पतलाका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकाले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताए ।

मोरङमा कोरोना भाइरसको संक्रमणले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि विराटनगरका ७७, ४५, रंगेलीका ४५ र सुनवर्षीका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org