ताजा समाचार

काठमाडाैं उपत्यकामा थपिए १०६ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org