ताजा समाचार

विप्लव नेकपाका जुम्ला जिल्ला सचिवसहित ३ जना पक्राउ

काठमाडाैँ । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ ।

जुम्लाको तिला गाउँपालिका–७, घोडेगाउँबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला सचिव रहेका मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, धाचुका २९ वर्षीया नन्द तिरुवा र हिमा गाउँपालिकाकाकी १६ वर्षीया सपना बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बाँस्तोलाले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लव नेकपाको सदस्यता रसिद, किताब बरामद भएको छ ।

स्थानीय जनप्रतिनिधिहरू तथा ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org