ताजा समाचार

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि

काठमाडाैँ । मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

न्यायाधीशसहित अदालतका ४ जना कर्मचारीकोे पीसीआर परीक्षण गर्दा एक जना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो ।

अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि ३ दिनको लागि अदालत बन्द गरिएको छ ।

‘तीन दिन अदालत पूर्ण रूपमा बन्द गरेर सेनिटाइज गरिनेछ,’ अदालतका सूचना अधिकारी पौडेलले भने, ‘अदालतका अन्य कर्मचारीहरूको कन्ट्रयाक ट्रेसिङका लागि विराटनगर महानगरपालिकालाई भनिनेछ ।’ अदालत बन्द भएपछि नियमित मुद्दाका सुनुवाई पनि स्थगित हुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org