ताजा समाचार

हात हतियार तथा लागूऔषध कारोबारी गिरोहका नाइके बग्गा बग्गा पक्राउ

काठमाडाैँ  । प्रहरीले हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा बनिने प्रदीप यादवलाई पक्राउ गरेको छ ।

भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।

शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।

प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org