ताजा समाचार

सामाजिक कार्यमा सक्रिय पल शाह, राहत बोकेर कालीकोट पुगे

काठमाडौं। कोरोना महामारीपछि चलचित्र क्षेत्रमा धेरैको रोजिरोटी गुम्यो। लकडाउनका कारण काम नपाएपछि खान समेत समस्यामा परेकालाई नायक पल शाहले पाँच लाख रूपैयाँ बराबरको राहत वितरण गरे।

चलचित्रर्मीबीच राहत वितरण गर्ने जिम्मा त सरकारको हो भन्दै सामाजिक उत्तरदायित्वबाट पन्छिरहेका बेला पल भने सहयोगका लागि अग्रसर देखिए।

चलचित्र प्राविधिकहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरे। यतिबेला देशभर बाढी, पहिरो तथा डुवानको समस्या छ। बाढी पीडितलाई सहयोग गर्न उनी यतिबेला कालीकोट पुगेका छन्। काठमाडौंबाट खाद्यान्न तथा लत्ताकपडासहित कालीकोटको नरहरिनाथ गाउँपालिका विभिन्न स्थानमा पुगेर सहयोग गरेका हुन्।

उनले आफ्नै नाममा स्थापना गरेको पल शाह प्रतिष्ठानले हाम्रो टीम नेपालसँगको सहकार्यमा बाढी पीडितलाई सहयोग गरेका हुन्। म्यूजिक भिडिओको छायांकनमा व्यस्त रहेका पलले महामारीको संक्रमण बढेपछि रोकेका छन्। छायांकनको काम रोकिएपछि उनी आफ्नै सवारी साधान र आवश्यक खाद्यान्न तथा लत्ताकपडा बोकेर नेपालको पश्चिमी क्षेत्रका पहाडी जिल्लातिर लागेका हुन्।

कालीकोटका विभिन्न स्थानमा गएको पहिरोबाट मानवीय तथा ठूलो धनमालको क्षति पुगेको छ। देशमा महामारीको विषम परस्थितिमा पनि बाढी पीडितलाई सहयोगको आवश्यकता रहेकाले आफूहरू कालीकोट पुगेको पलको भनाई छ। एकातिर कोरोना महामारीसँग जुधिरहेका बेला बाढी पहिरोको समस्याले झन पीडा दिइरहेको भन्दै उनीहरूलाई सहयोगको आवश्यक रहेको शाह बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org