ताजा समाचार

गृहमन्त्रीको सचिवालयले भन्यो – धानखेतमा होइन, खोला किनारमा कार्यक्रम गरिएको हो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी गरेको छ ।

साथै, धानखेत नजिकै कार्यक्रमस्थल बनाइएको सन्दर्भमा आएका सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा सचेतता अपनाउने पनि भनेको छ ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको हो ।’

शुक्रबार गृहमन्त्री थापासहितको टोली अछामको रामारोसनमा गएको थियो ।

भट्टराईले कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले गरेको पनि बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org