ताजा समाचार

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडाैँ । कोरोना संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार राति उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर चिन्ताजनक अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार विराटनगर ११ की ४४ वर्षीय ती कोरोना संक्रमीत महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई सोमबार साँझ ७ बजे विराट टिचिङ हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन तथा छातीरोग विशेषज्ञ डा. पुरु कोरोइलाले बताए ।

श्वासप्रश्वासमा समस्या भएकी ती महिलाको स्वाब कोसी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ आएको थियो । कोसीले विराट रेफर गरेको थियो । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये २ महिला र ९ पुरूष छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org