ताजा समाचार

डाउन पिलुवा खोला जलविद्युतमा ३ बैंकबाट १ अर्ब ३२ करोड लगानी जुट्यो

काठमाडौं । रिभर फल्स पावर प्रालिले निर्माण गर्न लागेको १०.३ मेगावाटको  डाउन पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुटेको छ ।

आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंकले १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।

आयोजनाको अनुमानित लागत १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ रहेको छ । जसमा बैंकहरुले ७० र ३० प्रतिशत स्वपुँजी लगानी हुने छ ।  आयोजनामा सिटिजन्सले ६५ करोड, नेपाल इन्भेस्टमेन्टले ४२ करोड र प्रभुले २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन । आयोजना काम सुरु भएको २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य छ ।

उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५ करोड ७६ लाख ८५ हजार युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्षामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।आयोजना संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org