ताजा समाचार

कोरोना कहर : भर्चुअल र मास्कसहितको सोह्र श्राद्ध

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच आजबाट सोह्र श्राद्ध सुरु भएको छ ।

कोरोना भाइरसको प्रसार रोक्न गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको छ ।

सम्भव हुनेले घरनजिकै रहेको देवालयमा गएर श्राद्ध गराएका छन् भने सम्भव नहुनेहरू यसको विकल्पको खोजीमा छन् । कोरोनाका कारण यस वर्षदेखि भर्चुअल श्राद्धको विषय पनि चर्चामा छ । बुधबार पशुपति क्षेत्रमा समेत भर्चुअल श्राद्ध गर्ने र गराउनेहरू समेत भेटिएका छन् ।

तर धर्मशास्त्रका जानकारहरू भने अहिले केही गरी श्राद्ध गर्न नसक्नेको लागि पछि श्राद्ध गर्न सक्ने प्रावधान समेत शास्त्रमा उल्लेख रहेको बताएको छ । पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले अहिले श्राद्ध गर्न नसक्नेको लागि विभिन्न विकल्प रहेको भन्दै भर्चुअल श्राद्धको औचित्य नरहेको बताए ।

रोकिएको सोह्र श्राद्ध असोजको औंशी, नौरथाको पञ्चमी, गाईतिहारे औंशी वा पुषसम्मको जुनसुकै औंसी, अष्टमी र द्वादशीमा गर्नसकिने बताए । या विधि जानेका मान्छेले आफ्नै घरका कोही सदस्यलाई पढ्न लगाएर पनि श्राद्ध गराउन सक्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org