ताजा समाचार

नेयमारसहित पीएसजीका तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । तर नाम खुलाइएको थिएन।

तर अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । साथै स्रोतका अनुसार नेमारलाई कोरोना संक्रमण भएको एएफसीले उल्लेख गरेको छ ।

पिएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएर र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरु खेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ ।

फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ ।

फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org