ताजा समाचार

क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ ।

अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो ।

यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको लागि पनि सूचना सार्वजनिक गरेको छ । यसबाहेक ७ प्रदेशमा स्थानियक प्रशिक्षक नियुक्त गर्नका लागि पनि क्यानले सूचनामार्फत आवदेन मागेको छ ।

मुख्य प्रशिक्षकका लागि इसीबी र सिए लेभल ३ क्रिकेट कोचिङ क्वालिफिकेसन भएको हुनुपर्छ। साथै आइसीसीको फुल मेम्बर फस्ट क्लास टिम एसोसिएट मेम्बरमा कम्तीमा ३ वर्ष प्रशिक्षण गरेको हुनुपर्छ ।

हरेक पदका लागि इच्छुक व्यक्तिहरुले यही सेप्टेम्बर २३ सम्म आफ्नो बायोडाटासहित उक्त पदका लागि आफू इच्छुक भएको पत्रसहित क्यानमा निवेदन पठाउन सक्नेछन् ।

साउन पहिलो साता बसेको क्यानको कार्यसम्पादन बैठकले विभिन्न पदका लागि आइसीसीसँग समन्वय गर्दै हक हप्तामै सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । तर पछि आइसीसीसँगको सल्लाहपछि क्यानले सूचना सार्वजनिक गर्न ढिलाइ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org