ताजा समाचार

पारसको व्याटिङ वरीयतामा चार स्थान सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी पारस खड्काको टी–ट्वान्टी ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा पारसको सुधार आएको हो । नयाँ वरीयताअनुसार उनको ब्याटिङ वरीयता चार स्थान सुधार भएको छ । पारस नयाँ वरीयतामा ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।

यता बलिङतर्फ सन्दीप लामिछानेको वरीयता यथावत रहेको छ । नयाँ वरीयतामा पनि सन्दीप ७९ औं स्थानमा रहेका छन् । नेपालले भने टी–ट्वान्टी वरीयतामा १५ औँ स्थान बनाएको छ । नेपालले आफ्नो वरीयता यथावत राखेको हो । नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org