ताजा समाचार

चीन-भारत सिमा क्षेत्रमा भारतीय विशेष सुरक्षाफौज, निर्वासित तिब्बतीहरूको बाहुल्य

एजेन्सि । लद्दाखमा रहेको भारतीय स्पेशल फ्रन्टियर फोर्सको विकास रेजिमेन्टका कम्पनी लीडर नीमा तेन्जिङ शनिवार भएको सैन्य भिडन्तमा मारिए ।

मृतक नीमाको पार्थिक शरिरमा भारतीय झण्डा ओढाएर मंगलवार बिहान लेहबाट ६ किलोमिटर पर चोगलामसार गाउँ लगियो ।

तिब्बतको निर्वासित संसद् सदस्य नामडोल लागयारीका अनुसार, तिब्बती बौद्ध परम्पराअनुसार उनको अन्तिम संस्कारको तयारी गरिँदैछ ।

शनिवार चिनियाँ सैनिकसँगको भिडन्तमा उक्त फोर्सका एक अन्य सदस्य पनि घाइते भएका थिए । भारतीय सेनाले यसमा कुनै टिप्पणी गरेको छैन ।

सन् १९५९ मा दलाई लामा तिब्बतबाट भारततर्फ निर्वासित हुँदा उनीसँगै थुप्रै तिब्बतीहरू भारतको उत्तरपूर्व, दिल्ली, हिमाचल, उत्तराखण्ड लगायतका ठाउँमा बसेका थिए र अझै पनि छन् ।
नीमा तेन्जिङ पनि तीमध्येकै एक हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org