ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्न सिफारिस गर्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org