ताजा समाचार

बाढी प्रभावित क्षेत्र ढोरपाटन राहत सामग्री बोकेर पुग्यो गृहमन्त्रीको टोली

काठमाडौं  ।  बागलुङको ढोरपाटन नगरपालिका–९ भुजिखोलाका बाढीपीडितको लागि राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापाको टोली आज घटनास्थल पुगेको छ।

पहिरोको घटनास्थल पुगेर गृहमन्त्रीले पीडितहरूलाई राहत सामग्री प्रदान गर्नुकासाथै बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन्। बुधबार राति आएको पहिरोमा परी १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना बेपत्ता छन्। पहिरोले करिब ३१ वटा घर बगाएको थियो। यसअघि हिजो पनि गृहमन्त्री थापा सवार हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको थियो।

तर खराब मौसमका कारण उनी सवार हेलिकोप्टर घटनास्थलतर्फ जान नसकी स्याङ्जाको आकाशबाटै हेरेर फर्किएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org