ताजा समाचार

मेसीले भने: बार्सिलोनामै रहन्छु, क्लब विरुद्ध जान सक्दिन

एजेन्सी । दश दिनको अनिश्चितता पछि बार्सिलोनाका कप्तान र सर्वाधिक गोलकर्ता अर्जेन्टाईन सुपरस्टार लियोनल मेसीको बहिरगमन नहुने भएको छ ।

शुक्रबार साँझ एक भावुक भिडियो सन्देश प्रवाह गर्दै मेसीले आफु कुनैपनि दिन बार्सिलोना क्लब विरुद्ध जान नसक्ने बताउका छन् । क्लबको अवस्थाप्रति दिक्क मान्दै गत मंगलबार उनले बार्सिलोना छोड्न चाहेको कुरा फ्याक्स मार्फत जानकारी बार्सा बोर्डलाई जानकारी गराएका थिए ।  फ्रि रिजिलको क्लज अनुसार उनले बाहिरिन चाहेको कुरा गरेपनि बार्सिलोना र स्पेनिस फुटबलको आधिकारीक निकाय ला लिगाले भने मेसी भित्र्याउन चाहनेले ७ सय मिलियन युरो तिर्नुपर्ने बताएका थिए ।

आफुलाई फ्रि रिलिज क्लज अनुसार बहिरगमन हुन्छ भन्ने पक्का भएको उनले उल्लेख गरेका छन् । क्लबका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छोड्न सक्ने बताएकोले आफूले सोही कुरालाई विश्वास गरेर छोड्न चाहेको उनले बताएका छन् । तर क्लबले अडान लिएर मेसीका विरुद्ध कदम चाल्न थालेपनि उनि पछि हटेका हुन् । आफ्नो घरजस्तै बार्सिलोना र करिअरको २० वर्ष विताएको क्लब विरुद्ध जान नसक्ने उनले बताएका छन् ।

गाेल डटकमसँग कुरा गर्दै मेसीले केही दिन भित्रै क्लबकाे प्रशिक्षणमा फर्कने बताएका छन् । आफ्नो प्यारो क्लबलाई अदालतमा उम्यान नसक्ने बताउदै मेसीले पूर्व निर्धारित सम्झौता अनुसार आफु बार्सामै बस्न तयार भएको बताएका हुन् । क्लब छोड्ने निर्णय आफूले आफ्ना छोरा र श्रीमतीलाई सुनाएपछि परिवारका सवै सदस्य रोएको बताउदै मेसीले छोराहरुले बार्सिलोना र पढिरहेको स्कुल छोड्न नचाहेको बताएका थिए ।  पछिल्लो चरणमा क्लबले प्रतिस्पर्धात्मक क्षमतानै गुमाउदै गएको र यसबारे पटक पटक कुरा गर्दा पनि सुनुवाई नभएपछि मेसी निराश बनेर क्लब छोडेर नयाँ चुनौती लिन चाहेका थिए ।

१० जुन भित्र क्लब छोड्न सक्ने सम्झौता भएपनि कोरोना भईरसका कारण ढिलागरि शुरु भएको  ला लिगाको खेल चलिरहेका बेला क्लब छोड्ने कुरा हुन नसक्ने उनले बताए ।  अध्यक्ष बार्तोमेउले सिजनको अन्त्यमा मेसीले चाहेमा क्लब छोड्न सक्ने कुरा बताएको र कोरोनाको कहरका कारण सिजनको अन्त्यनै ढिलो गरि भएकाले सोही अनुसार आफुले जानकारी गराएको उनको भनाई छ ।

सम्झौता अनुसार जुन १० भित्र फ्रि रिलिज क्लज लागूहुने भएपनि त्यती बेला धमाधम ला लिगाका खेलहरु भईरहेकाले आफूले सो कुरा सोच्नै नसकेको उनले बताए । ७ सय मिलिययन युरा कसैले तिर्न नसक्ने, क्लबले फ्रि रिलज गर्ने आफू मुद्धा लिएर क्लब विरुद्ध अदालत जान तयार नभएकाले क्लबमा रहने निर्णय लिएको उनले बताएका छन् । मेसीको बहिरगमनको विषयलाई लिएर विगत १० दिन चलेको यो अनिश्चियको अवस्थाको अन्त्य उनको यो बक्तव्यसँगै भएको छ ।  स्पेनिस अनलाईन मार्साले मेसी कम्तीमा अब १ सिजन बार्सामै रहने उल्लेख गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org