ताजा समाचार

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । मोरङमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर-४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।

विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। शनिबार बिहान भने उनको रिपोर्ट पोजेटिभ आएको छ।

उनलाई शुक्रबार दिउँसै कोसी अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दा उनमा पखला र सास फेर्न गाह्रो रहेको र अवस्था गम्भीर रहेको डा. यादवले जनाए।

अहिले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएको छ।

कदमाहाका पुरुषको भने शनिबार बिहान साढे ११ बजे मृत्यु भएको डा. यादवले बताए।

‘भर्खर मात्र मृत्यु भयो भन्ने खबर आएको छ। उहाँलाई कोसी अस्पतालको आइसोलेसनबाट कोभिड-१९ अस्पताल रिफर गरिएको थियो,’ उनले भने।

ती पुरुषलाई पनि शु्क्रबार नै कोसी अस्पताल ल्याइएको थियो। ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई आइसोलेसनमा भर्ना गरेर कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।

त्यसपछि बेलुकी रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड-१९ अस्पताल रिफर गरिएको डा. यादवले जनाए।

उनको शव पनि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org