ताजा समाचार

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

काठमाडौँ । कञ्चनपुरमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको छ ।

दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनिवार राती ड्युटी गरिरहेको बेला बेहोस भएका थिए ।

बेहोस भएपछि उपचारका लागि धनगढी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।

मृतक जवान डडेल्धुराको अजयमेरु गाउँपालिकाका हुन् । बेहोस भएपछि उनलाई तत्काल कञ्चनपुरस्थित स्थानीय हेल्थपोष्टमा उपचार गरिएको थियो ।

थप उपचारका लागि उनलाई धनगढी लगिएको थियो । प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा उनले ११–७९ औं समूहको तालिम सफलतापूर्वक हाँसिल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org