ताजा समाचार

रातो मच्छिन्द्रनाथको रथ तानिँदै, सर्वसाधारणलाई पाटन छिर्न निषेध

काठमाडाैँ । रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह ३ बजेदेखि तानिने भएको छ।

रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।

आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तान्न लागिएको हो। यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गा:बहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल पुर्‍याउन सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तान्न लागिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले रथ तान्ने क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

‘रथ तान्ने क्षेत्रमा पूर्ण रूपमा सडक रोकिएको छ। प्रहरी परिचालन भएका छन्,’ उनले भने, ‘पूजारीलगायत निश्चित मानिसलाई मात्रै जान दिने कुरा छ।’

सूचना विभागबाट लिएका पत्रकार परिचय पत्रका आधारमा पत्रकारलाई जान अवरोध नभए पनि त्यस क्षेत्रको सुरक्षा अवस्था हेरेर सुरक्षा अधिकारीले त्यसको निर्णय लिने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org