ताजा समाचार

जिल्ला स्तरीय उपभोक्ता हित संरक्षण एवम गुनासो संबोधन संयन्त्र गठन

रुकुम –पूर्व/सर्जना कार्की । रुकुम-पूर्वमा जिल्ला स्तरीय उपभोक्ता हित संरक्षण एवम् गुनासो संबोधन संयन्त्र समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले संयन्त्र समिति गठन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलको संयोजकत्वमा ९ सदस्यिय संयन्त्र समिति गठन गरिएको हो । जसमा जिल्ला समन्वय समिति, उद्योग बाणीज्य संघ, विभिन्न सुरक्षा निकाय, कार्यालयका प्रमुख एवम् प्रतीनिधि र पत्रकार सदस्यको रुपमा रहेका छन् ।

गठीत संयन्त्रले उपभोक्ताको हकहितको संरक्षणको लागि काम गर्ने छ भने उनिहरुको गुनासोलाई पनि संबेधन गर्ने छ । जिल्लामा आवश्यकता अनुसार अनुगमण गर्ने, विकृती विसंगती हटाउनुका साथै उपभोक्तालाई सचेत र सक्षम बनाउने काम संयन्त्रले गर्ने प्रजिअ राइले बताएका छन ।

यस्तै बैठकले नव गठित संयन्त्रले गर्नुपर्ने वाषिक कार्ययोजनाको पनि स्विकृत गरेको छ । संयन्त्रले सुरुमा रेडियोबाट चेतनामुलक पीएसए बजाउनुका साथै विभिन्न ठाउँमा पोस्टरहरु टास्ने काम गर्ने छ । असोजको १० गतेभित्रै तीन वटै स्थानीय तहका विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रम गर्ने कार्ययोजना बनाएको संमन्त्र समितिले जनाएको छ ।

यस्तै प्रदेश मन्त्रालयमा बजेटको माग गर्ने, महिनाको एक पटक अनिवार्य बजार अनुगमण गर्ने, अस्थाई डीओसी गठन गरी गुनासो संकलन गर्नुका साथै फच्र्यौट गर्ने र वस्तु आपूर्तीको लगत संकलन गर्ने लगाएतका कार्ययोजनाहरु बनाएको संयन्त्र समिति संयोजक एवम् सहायक प्रजिअ पोखरेलले बताइन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org