ताजा समाचार

पूर्वकप्तान पारस खड्का पूर्ण छात्रवृत्तिमा एमबिए पढ्दै

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा मास्टर अफ बिजनेस एड्मिनिष्ट्रेसन (एमबिए) अध्ययन सुरु गरेका छन् ।

खड्कालाई आगामी दुई वर्षका लागि एमबीए कार्यक्रममा एम्बासडरको रुपमा नियुक्त गरेको छ । कलेजले एमबिए अध्ययनका लागि खड्कालाई पूर्ण छात्रवृत्ति दिएको छ ।

कलेजका निर्देशक लक्ष्मण पोखरेलले बिज्ञप्ती जारी गरी खड्का कलेजको एमबिए कार्यक्रममा सेप्टेम्बरबाट सुरु शैक्षिक सत्रदेखि अध्ययन गरिरहेको उल्लेख गरेका छन । उनले शनिबार ब्रान्ड एम्बासेडर भएको घोषणा गरी २ वर्षको लागि अनुवन्धन गरेको उल्लेख गरेका छन् ।

फिनिक्सले नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत ९ वर्षदेखि जनशक्ति उत्पादन गरिरहेको छ । एमबिए अध्ययनले जीवनमा अझै सफलता प्राप्तीका लागि सहयोग पुग्ने पोखरेलको भनाइ छ ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org