ताजा समाचार

बेल्जियमका लागि नेपाली राजदूत थापाद्वारा बुबाको नाममा रु. १० लाखको अक्षय कोष स्थापना

काठमाडाैँ । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आफ्नो बुबाको जन्म दिवसका अवसरमा रु. १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

नेदरल्याण्ड र लग्जेम्बर्गका लागि समेत राजदूत रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी गराएका छन् ।

आफूले दुःख कष्ट सहेर भएपनि सन्तानलाई सँधै शिक्षामा प्रेरित गर्ने बुबाको उच्च सम्मान गर्दै दाजुभाइ दिदीबहिनी मिलेर बुबाको ८५ औ वर्ष प्रवेशको अवसरमा बुबाको नाममा १० लाखको एउटा अक्षयकोष स्थापना गरिएको जनाएका छन् ।

उक्त कोषबाट आर्जित रकम मार्फत खासगरी आफ्नो भेगमा गरिवी, अभाव वा अन्य बिबिध कारणवाट शिक्षाको ज्योतिबाट बिमुख र बन्चित हुन बाध्य बालबालिकाहरूको शिक्षा एवं स्वास्थ्यको लागि योगदान गर्ने निर्णय लिइएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org