ताजा समाचार

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।

गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।  चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org