पर्यटन उद्योग सामान्यमा फर्किन ५ वर्ष लाग्न सक्छ: विज्ञ
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो समय जाने उनीहरुको भनाइ छ ।
पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने विज्ञहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावनाबारे सोमबार भएको छलफलमा सरोकारवालाले पर्यटन अझै पनि पर्ख र हेरकै अवस्थामा रहेको बताएका हुन् ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।
कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको उल्लेख गरे ।
‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ,’ उनले भने, ‘जहाँ कुनै खास रुचीका आधारमा सेवा दिन सकिन्छ ।’
पर्यटन क्षेत्रमा केही नयाँ आविश्कार गर्न नसके पर्यटक भित्र्याउन मुस्किल हुने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिस्चितता बढेको समेत उनले उल्लेख गरे । अब डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।
होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेको जानकारी दिए । उनले पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन चार/पाँच वर्ष लाग्ने बताए । उनले भने, ‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’
पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र निजी दुबै क्षेत्रबीच समन्वय हुनुपर्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा पर्यटक भित्राउन समेत व्यवसायी तयार रहेको भन्दै त्यस्तो वातावरण मात्र राज्यले तयार गर्नुपर्ने उनको भनाइ छ ।
पर्यटक भित्रने अवस्थामा विमानस्थल भित्र उनीहरुको व्यवस्थापन गर्न समेत निजी क्षेत्र तयार रहेको शाक्यले बताए । उनले संकटको समयमा कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा कटौती नगरे पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समस्या भएको गुनासो समेत गरे ।
विज्ञ र व्यवसायीले संकटका बीचमा पनि अब गतिविधिलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपाल पनि त्यसका लागि तयार भने रहनुपर्ने सुझाव दिएका छन् । संसारका धेरैजसो मुलुकले क्रमशः बोर्डर खुला गर्न थालिसकेका छन् ।
पर्यटकीय उत्पादनसमेत खुल्न थालेका छन् । यस्तो स्थितिमा स्वास्थ्य सुरक्षाको पालना गर्दै गतिविधिहरु संचालनमा जानु पर्ने धारणा विज्ञहरुको छ ।
Comments
अरु समाचार
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
बेगनासमा चिनियाँ सांस्कृतिक खेल ‘ड्रागन बोट रेस’
काठमाडाैँ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन्...
-
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४...
-
पाेखरामा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । उनी पोखरालाई नेपालको पर्यटनको राजधानी...
-
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री...
-
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार...
-
पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग
काठमाडौं । पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग...
-
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह
फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह...