ताजा समाचार

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ।

गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेकपाभित्र जारी विवादलाई समाधान गर्दै पार्टीको आगामी कार्ययोजना तयार पारेको थियो।

स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पुरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पुर्ण काम गर्ने, चैतमा महाधिवेशन गर्ने, संघीय र प्रदेश मन्त्रिपरिषद पुनर्गठन गर्ने लगायतका निर्णय गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org