ताजा समाचार

नेपालको झण्डा जलाउने तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडाैँ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंक न्यायाधीश विनोदराज पोखरेलको इजलासले तीन जनालाई १५ हजार धरौटीमा र पाँच जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । झण्डा जलाएको अभियोगमा प्रहरीले गायक सहित नौ जनालाई पक्राउ गरेको थियो ।

गत १ भदौमा झण्डा जलाएकाे म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org