ताजा समाचार

यसरी भोलीदेखी सञ्चालन हुँदैछ, किंग्स लाउन्ज

स्वास्थ्य सुरक्षाका प्रोटोकललाई विशेष ध्यान दिएर सञ्चालन गर्छाैँः सञ्चालक गुरुङ्ग

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै व्यापार व्यवसाय पनि सञ्चालन हुने क्रम बढेको छ ।

काठमाडौंको दरवारमार्ग स्थित किंग्स लाउन्ज पनि भोलीदेखी सञ्चालनको तयारी गरिएको छ । किंग्स लाउन्जका सञ्चालक कुमार गुरुङ्गले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागु गरेर सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा बसेको बताए ।

सोमबार बसेको मन्त्रीपरिषदले असोज १ देखी होटेल, रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेसंगै  चैत्र ११ गतदेखि पूर्ण बन्द रहेको “लाउन्ज” उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गरिदैछ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप लाउन्ज सञ्चालनको तयारी गरिएको उनले बताए ।
सञ्चालक गुरुङले भने  “भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षालाई विशेष ध्यानमा राखेर सञ्चालनको तयारी गरेका छाैँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org