आजदेखि देशभर यातायात सञ्चालन, आन्तरिक हवाई उडान नगर्ने व्यवसायीको अडान
काठमाडौँ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् ।
सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै (लामो, मध्यम तथा छोटो दूरी)सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।
आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् ।
लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी जानकारी दिए ।
यातायात व्यवसायीले बसपार्कमा सामूहिक रूपमा विश्वकर्मा पूजासमेत गर्दैछन् । कतिपयले भने व्यक्तिगतरूपमा नै पूजा गरेर छोटो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् ।
सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा दोब्बरसम्म भाडा लिन पाउने अनुमति दिइएको छ ।
तर, यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।
यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले पनि विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।
चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।
कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो ।
काठमाडौँमा जोर बिजोर
देशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ ।
बुधबार काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएका छन् ।
आन्तरिक हवाई उडान नहुने
वायु सेवा सञ्चालक संघले भने पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ ।
५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन् ।
कोरोना भाइरसको महामारीले आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।
भारत लगायतका अन्य मुलुकमा खोलिएको आन्तरिक उडानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सिट क्षमता अनुसारकै यात्रु राख्न दिइएकाले नेपालमा पनि त्यस्तै व्यवस्था गर्न माग गरिएको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।
सरकारले व्यावहारिक निर्णय नगरेसम्म असोज १ देखि सुरू गर्ने भनेको आन्तरिक उडानको सेवा दिन नसकिने उनले जनाएका छन् । यही व्यहोराको पत्र बुधबार नै मन्त्रालयमा दर्तासमेत गरिएको उनले बताए ।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...