ताजा समाचार

काँग्रेस महामन्त्री शशांकले अस्पतालबाट पठाए भिडियो सन्देश (भिडियोसहित)

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अस्पतालबाट आफू केही दिनमै निको हुने सन्देश दिएका छन्।

कोभिड-१९ संक्रमणपछि होम आइसोलेसनमै उपचाररत उनमा ज्वरो र निमोनिया ।

राति नै अस्पताल भर्ना भएपछि उनको स्वास्थ्यप्रति नेता कार्यकर्ताबाट चासो बढ्न थालेकाले सचिवालयमार्फत अस्पतालबाट उनले भिडियो सन्देश जारी गरेका हुन्।

‘म कोभिड -१९ बाट प्रभावित छु। अहिले ओम नर्सिङ होममा आइसोलेसनमा छु,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘तपाईहरुले चिन्ता गर्नुपर्दैन। म दुई तीन दिन अझै यही बसेर डिस्चार्ज हुन्छु।’

महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोभिड संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई चिकित्सकले उनलाई अस्पतालमै राख्न सुझाव दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org