ताजा समाचार

राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

आजै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले सपथ ग्रहण गराएका हुन्।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो।

सो निर्णय बुधबार राष्ट्रपति कार्यालयमा पुगेको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org