ताजा समाचार

‘एमसिसी’का केही प्रवधान परिमार्जनसहित पारित हुन्छः मन्त्री ज्ञवाली

काठमाडाैँ । परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमसीसी परिमार्जनसहित पास हुने बताएका छन्।

नेपाल पत्रकार महासंघ गुल्मीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जनसहित पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरे।

एमसिसी परियोजनाबारे केही अस्पष्ट भएकाले त्यसमा स्पस्ट हुँदै केही बुँदाहरूलाई परिमार्जन गरी पास गरिने मन्त्री ज्ञवालीले बताए।  एमसिसीबारेमा नबुझी धेरै हल्ला फैलाएको भन्दै त्यसको पछि नलाग्न समेत उनले आग्रह गरे । ‘केही तत्वहरुले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आएर हस्तक्षेप गर्छ भनेर हल्ला फैलाए’, उनले भने, ‘पहिले एमसीसीबारे स्पस्ट हुन आग्रह गर्छु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org