ताजा समाचार

जनकपुर आइपुग्यो नेपालको रेल

काठमाडाैँ । जनकपुर (कुर्था)- जयनगर चल्ने दुई सेट रेल आज जनकपुर स्टेशन शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ।

जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो।  लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ।

रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए । उनले भने, ‘रेल चल्ने कयौं मिति फेल भए । तर आज रेल आउन लागेको थाहा पाएपछि खुशी लागेको छ।’ रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन।

यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org