ताजा समाचार

उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले राजधानीमा पछिल्लो २४ घण्टामा यति धेरै संक्रमित भेटिएको पुष्टि गरे। गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ६ सय ९८ जना संक्रमित भेटिएका छन्।

अर्कतिर ललितपुरमा ७९ जना संक्रमित भेटिँदा भक्तपुरमा ८२ जना नयाँ संक्रमित थपिएका छन्।  यस्तै देशभर शुक्रबार २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। सरकारले पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनामा पिसिआर परीक्षण गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org