ताजा समाचार

समाजवाद उन्मुख र सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न संकल्प गराैँ- अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौ संविधान दिवसको अवसरमा  शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डले सामाजिक न्यायसहितको नयाँ समाज निर्माण गर्न उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन्।

संविधान दिवसको अवसरमा शनिबार बिहान एक भिडियोमार्फत् शुमकामना दिँदै अध्यक्ष प्रचण्डले सबै नेपालीका लागि एउटा नयाँ सकंल्प गरेर देशलाई आर्थिक समृद्धिको, समाजवादउन्मुख राज्य बनाउनका निम्ति, सुशासनको निम्ति सबै दृष्टिकोणले समाजवादको भविश्य निर्माण गर्न संकल्प गर्ने दिनको रुपमा संविधान दिवस रहेको बताएका हुन्।

प्रचण्डले भिडियो सन्देशमा भनेका छन्,‘संविधान बनाउनका निम्ति त्याग,तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु र घाइतेरअपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जली एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।’

परिकल्पना गरेको समाजवादउन्मुख राज्यको कुरा निकै ऐतिहासिक र महत्वपूर्ण भएको बताएका छन्। सबै एक भएर राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।  उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा पनि एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए।

प्रचण्डले पार्टी भित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउँदै लैजाने बताएका छन् प्रचण्डले जनताले अपेक्षा गरेअनुसार व्यापकरुपमा विकास परियोजनाहरु अगाडि बढ्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org