ताजा समाचार

नेतृत्वको परिवर्तन स्वाभाविक प्रक्रिया हो, प्रदर्शन नगरिदिनुस्‌ !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन अनुरोध गरेका छन्‌।

कार्यकाल सकिएपनि प्राधिकरणको नेतृत्वमा उनलाई नै निरन्तरता दिनुपर्ने मागसहित देशका धेरै ठाउँमा प्रदर्शन भएपछि एक विज्ञप्ति जारी गर्दै घिसिङले कोरोना महामारीका बेला सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन आग्रह गरेका हुन्‌।

घिसिङले विज्ञप्तिमा लेखेका छन्‌, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।

प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ।’ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने घिसिङको भनाई छ।

घिसिङको विज्ञप्ति :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org