ताजा समाचार

डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम

काठमाडौं । छैटौं संविधान दिवसका अवसरमा सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने निर्णय गरेको छ ।

हजारौं नेपालीको आँखाको ज्योति फर्काएका डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटसमेत सम्मानित भएका थिए ।

रुइत नेपालमा मात्र नभई विश्‍वमै चर्चित व्यक्ति हुन् । २ वर्षअघि डा. रुइतले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दको हातबाट त्यहाँको प्रसिद्ध ‘पद्मश्री अवार्ड’ समेत प्राप्त गरेका थिए ।

राष्ट्रको गौरव बढाउन, उन्‍नति र कीर्तिमानी राख्‍न विभिन्‍न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेको सूचीमा राखेको छ ।

तर यस वर्ष संविधान दिवसका दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्‍न पाउने व्यक्तिको नाम भने छैन ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org