ताजा समाचार

चन्द्रागिरीले ल्यायो गजब्बको ‘फेस्टिभ अफर’, केवलकारमा ५० % छुट

काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले ‘फेस्टिभ अफर ’ल्याएको छ ।

करिव ६ महिना लामो लकडाउनपछि रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति ‘फेस्टिभ अफर’  ल्याएको हो । कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले लकडाउन गरेपछि बन्द रहेको चन्द्रागिरी  रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति  ‘फेस्टिभ अफर’ ल्याइएको छ ।

‘फेस्टिभ अफर’ मा ६ हजार पाँच सयमा जोडिलाई  केवलकार, ब्रेकफास्ट, खाना र रिसोर्टमा डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेज सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले भनेः करिव ६ महिना लामो बन्दाबन्दिमा घरमा घुम्सिएर बस्नु भएको छ । काठमाडाैँ देखी नजिकको मनोरम पर्यटकीय गनतव्यमा सबैलाई स्वागत गर्न ‘फेस्टिभ अफर’ ल्याएका छाैँ ।

विश्व स्वास्थ्य संगठन स्वास्थ्य सुरक्षाका प्रोटोकलमा रहेर ‘हामी पुर्ण रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सञ्चालन गर्न
तयारी अवस्थामा छौं ।’।

भोलीदेखी केवलकारको शुल्कमा समेत ५०% छुट दिइने महाप्रबन्धक शाहाले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org