ताजा समाचार

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

काठमाडाैँ । सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका ५ का वडाध्यक्ष ३९ वर्षीय नीमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकामा रडले अचानक बिजुलीको नाङ्‍गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org