ताजा समाचार

बामदेवको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवको मनोनयमा संवैधानिक प्रश्न उठाएसँगै तत्कालका लागि कुनै संवैधानिक काम नगराउन आदेश दिएसँगै तत्काल मन्त्री बन्ने सपना टरेको हो ।

अब उनको मनोनयनविरुद्धको रिटको सुनुवाइ १४ असोजमा हुनेछ । राष्ट्रपतिले विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन ठीक छ कि छैन भन्ने विषय संवैधानिक इजलासमा परीक्षण हुनेछ ।

संर्वोच्चमा राष्ट्रिय सभा सदस्य मनोनयनको विवादको विषय पहिलो पटक परेको हुँदा संवैधानिक व्याख्या हुनेछ । संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गर्नुपर्ने भएकाले सो विषयमा संवैधानिक व्याख्याका लागि संवैधानिक इजलासमा सुनुवाइ गर्नुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org