ताजा समाचार

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् ।

पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

महामन्त्री कोइरालामा गत २३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक सातापछि ज्वरो लगायतका समस्या देखिएपछि ३१ भदौमा उनलाई चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।

गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका उनी त्यसपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org