ताजा समाचार

ग्लोबल आइएमई बैंक र होटेल व्यवसायी महासंघबीच सम्झौता

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल व्यवसायी महासंघ नेपालबीच महासंघ नेपालसँग आबद्ध होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

उनीहरूमा चेतना बढाएर सरलताका साथ बैंकिङ कारोबारको पहुँचभित्र ल्याउने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका थिए । होटेल व्यवसायी महासंघ नेपालसँग आबद्ध व्यवसायीलाई आर्थिक कारोबारमा सघाउ पुर्‍याउन तथा कोभिड–१९ बाट प्रभावित भएको अवस्था दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।

महासंघसँग आबद्ध व्यवसायीका लागि बैंकले आवश्यकताअनुसार बैंकिङ एवं वित्तीय साक्षरतासम्बन्धी तालिमसमेत प्रदान गर्ने जनाइएको छ । बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org